हुम्लामा मौसमी रुघाखोकीबाट ८ को मृत्यु

वैशाख १४, २०७६ | मुगु

हुम्लाको ताजाकोट गाउँपालिकामा मौसमी रुघाखोकी फैलिंदा दुई बालक सहित ८ जनाको मृत्यु भएको छ । सो गाउँपालिकाको वडा १ देखि ३ सम्म रुघाखोकीले ८ जना स्थानीयको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख तुलसी अधिकारीले जानकारी दिनुभयो ।

महामारी रोग नभएर मौसम रुघाखोकी भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख अधिकारीको भनाई छ । जिल्लाबाट औषधि सहित स्वास्थ्यकर्मीको टोली गाउँमा पुगेर रोग नियन्त्रणमा आई सकेको उहाँले बताउनुभयो ।

ताजाकोट गाउँपालिकामा फैलिएको रोग नियन्त्रणको लागि कर्णाली प्रदेश अन्त्रर्गत क्षेत्रीय स्वास्थ्य निर्देशनालयबाट रोग अनुसन्धान गर्दा चिकित्सकको टोली आइतबार सम्म रोग फैलिएको गाउँपालिकाको बस्तीमा पुग्ने प्रमुख जिल्ला अधिकारी दोलकराज ढकालले बताउनुभयो । 

गत चैत महिना देखि फैलिएको रुघाखोकीले अहिले सम्म ८ जनाको ज्यान गई सकेको छ । 


प्रतिक्रिया