विश्व प्रेस स्वतन्त्रता दिवस मनाईंदै 

रेडियो कान्तिपुर संवाददाता

वैशाख २०, २०७६ | काठमाडौं

लोकतन्त्र र शान्तिका लागि मिडिया, इन्टरनेटको युगमा पत्रकारिता र निर्वाचन नाराका साथ नेपालमा पनि आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाईदैछ । सन् १९९३ मा संयुक्त राष्ट्रसंघको साधारणसभाले घोषणा गरेपछि युनेस्कोको आह्वानमा प्रत्येक वर्ष मे ३ का दिन संसारभर विश्व प्रेस स्वतन्त्रता दिवस मनाईंदै आइएको छ । 

दिवसका अवसरमा नेपाल पत्रकार महासंघ र युनेस्कोले यूएनडिपी र निर्वाचन आयोग नेपाल समेतको सहकार्यमा प्रेस स्वतन्त्रता राष्ट्रिय सम्मेलनको आयोजना गरेका छन् । यसैगरी पत्रकार महासंघका प्रदेश समिति र जिल्ला शाखाहरुको आयोजनामा देशभर विविध कार्यक्रम गरी यो दिवस मनाईंदैछ । दिवसको पूर्वसन्ध्यामा महासंघले हिजो प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि ऐक्यबद्धता ¥याली निकालेको थियो । 

मुलुक संघीयतामा गएसंगै पछिल्लो समय बनिएका दर्जनौं कानून र संसदमा विचाराधिन कानूनलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामैत्री बनाउन महासंघले अनवरत आवाज उठाउँदै आएको छ । अभिव्यक्ति स्वतन्त्रताको माग गर्दै नेपाल पत्रकार महासंघले विभिन्न दलका नेतालाई ज्ञापनपत्र समेत बुझाएको छ ।

दिवसको अवसरमा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले सरोकारवाला पक्षको सहभागिता र सहमतिमा सञ्चार सम्बन्धी कानून र संरचना निर्माण गर्न आग्रह गर्नु भएको छ ।  


प्रतिक्रिया