राष्ट्रपतिले 'मेरो सरकार' भन्नु अन्तर्राष्ट्रिय प्रचलन अनुसार हो : प्रधानमन्त्री

वैशाख २१, २०७६ | काठमाडौं

- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न आफ्ना सांसदलाई निर्देशन दिएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको लोत्से हलमा आज बसेको संसदीय दलको बैठकमा प्रतिपक्षी दलले दर्ता गराएको संशोधन मध्ये प्रधानमन्त्रीले स्वीकारेको बाहेकको विषयको विपक्षमा मतदान गर्न नेकपाले निर्देशन दिएको हो ।

बैठकमा प्रधानमन्त्री एवम नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्ने विषय आवश्यकतामा आधारित भएर टिपाउन सांसदलाई निर्देशन दिनुभयो । नीति तथा कार्यक्रममा समावेश भएको मेरो सरकार भन्ने प्रसङ्ग अन्तर्राष्ट्रिय प्रचलन अनुसार नै भएको प्रधानमन्त्री ओलीको भनाई थियो ।

राष्ट्रपतिले मेरो सरकार भनेर सम्बोधन गर्नु कुनै आपत्तिजनक नभएको उहाँले स्पष्ट पार्नुभयो । निति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवि भण्डारीले मेरो सरकार भनेर सम्बोधन गरेकोप्रति प्रतिपक्षी दल कांग्रेस सहित सत्तारुढ दलकै सांसदले स्पष्टिकरण माग गरेपछि प्रधानमन्त्रीले त्यसबारे स्पष्टिकरण दिनुभएको हो ।  बैठकमा छलफलका क्रममा सांसदहरु जनार्दन शर्मा, खगराज अधिकारी, रामकुमारी झाँक्री लगायतले नेतृत्वले आफुहरुको कुरा नसुनी निर्देशन मात्र दिएको भन्दै ध्यानाकर्षण गराएका थिए । 

 


प्रतिक्रिया