नीति तथा कार्यक्रममा  ६ वटा संशोधन दर्ता 

वैशाख २१, २०७६ | काठमाडौं

- सरकारले हिजो संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ६ वटा संसोधन परेको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले २३ जनाको हस्ताक्षर सहित संयुक्त, राष्ट्रिय जनता पार्टी राजपाले ४ वटा र नेमकिपाले एउटा संशोधन दर्ता गराएका हुन् ।

कांग्रेसका मीनेन्द्र रिजाल सहितको टोलीले दर्ता गराएको संशोधनमा गण्तन्त्र र संविधानको मर्म र भावना विपरित नीति तथा कार्यक्रममा मेरो सरकार भन्ने शब्द राखिएको उल्लेख छ । यस्तै संघीयताको मर्म अनुसार प्रदेश र स्थानीय तहलाई अधिकार प्रत्यायोजन गरेको भएपनि नीति तथा कार्यक्रम एकात्मक व्यवस्थाको जस्तै भएको बताइएको छ ।

भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्ने नीतिगत कुरा केही उल्लेख नभएकोले संशोधन दर्ता गराएको नेता मीनेन्द्र रिजालले जानकारी दिनुभयो । राजपाका नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी र चन्द्रकान्त चौधरीले पनि छुट्टाटुट्टै संशोधन दर्ता गराउनुभएको छ । भोलिबाट छलफल हुने भएकाले नीति तथा कार्यक्रमाथि संशोधन दर्ता गराउन संघीय संसद सचिवालयले आजको समय दिएको थियो । 


प्रतिक्रिया