ऐन कार्यान्वयनको माग गर्दै सडकमा सुते चिया श्रमिक

वैशाख २४, २०७६ | काठमाडौं

- श्रम ऐन कार्यान्वयनको माग गर्दै आन्दोलित चिया श्रमिकले झापाको बिर्तामोडस्थित सडकमा विरोध प्रदर्शन गरेका छन् ।  बिर्तामोडको मुक्ति चोकस्डित सडकमा दिउँसो १ देखि २ बजेसम्म सुतेर एक घण्टा चक्काजाम गरी उनीहरुले विरोध जनाएका हुन् ।

सरकारले गत साउनदेखि लागू गरेको श्रम ऐन ०७४, श्रम नियमावली ०७५ र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन कार्यान्वयनको माग गर्दै चिया श्रमिकहरु चैत १७ गतेदेखि सडक आन्दोलनमा छन् । सरकारले ऐन लागू गरेपनि चिया उद्योगीले कार्यान्वयन नगरेको विरोधमा अनिश्चितकालीन सडक आन्दोलन सुरु गरेको चिया श्रमिकको भनाई छ ।

आन्दोलन थालेको ३८ दिनसम्म पनि माग पूरा नभएकामा श्रमिकहरु आन्दोलित भएका हुन् । नेपाल चिया बगान श्रमिक संघका केन्द्रीय अध्यक्ष दीपक तामाङले चिया श्रमिकको मागप्रति उद्योगी र सरकारले बेवास्ता गरेको आरोप लगाउनुभएको छ । जिल्लामा करीब ३० हजार श्रमिक कार्यरत छन् ।  

 


प्रतिक्रिया