रोकिएन सुन तस्करीः मकवानपुरबाट एक जना पक्राउ

वैशाख २६, २०७६ | मकवानपुर

- मकवानपुर प्रहरीले एक केजी सुनसहित एक जनालाई पक्राउ गरेको छ । सुनको अबैध कारोबार गरेको अभियोगमा प्रहरीले भोजपुरको षडानन्द नगरपालिका–४ का २९ वर्षीय किशोर बिकलाई पक्राउ गरेको हो ।

उनको साथबाट ८५ लाख मुल्य बराबरको  १ केजी ६ सय ५० ग्राम सुन बरामद भएको जिल्ला प्रहरी प्रमुख एसपी मुकेशकुमार सिंहले बताउनुभयो । 

इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको टोलीले बिकको शरिर तलासी गर्दा उनले लगाएको जुत्ताभित्र र पाइन्टको खल्तीमा स्रोत नखुलेको सुन फेला परेको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट विक यसअघि पनि सुनको अबैध कारोवारमा संलग्न रहेको खुलेको छ ।

उनीविरुद्द मकवानपुर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  

 


प्रतिक्रिया