ललितपुर महानगरमा आज सार्वजनिक बिदा

रेडियो कान्तिपुर संवाददाता

वैशाख ३०, २०७६ | काठमाडौं

वाङमय शताब्दी पुरुष संस्कृतिविद सत्यमोहन जोशी एक सय वर्षमा प्रवेश गरेको अवसर पारेर ललितपुर महानगरपालिकाले महानगरमा सार्वजनिक बिदा दिएको छ । महानगरले एक वर्षभरि विभिन्न कार्यक्रमहरु आयोजना गरी उहाँको जन्मशताब्दी महोत्सव मनाउने भएको छ ।

२०७६ साल बैशाख ३० गतेबाट २०७७ वैशाख ३० गतेसम्म विभिन्न कार्यक्रम आयोजना गरी उहाँको जन्मशताब्दी महोत्सव मनाउने निर्णय गरिएको महानगरले जनाएको छ । उहाँको नेपालको कला, संस्कृति र साहित्य मार्फत नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन उहाँले पु¥याउनु भएकोे योगदान अतुलनीय छ ।

सत्यमोहन जोशीज्यूको जन्मशताब्दी महोत्सव मनाउन ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको संयोजकत्वमा एक सय ११ सदस्यीय समिति गठन गरिएको छ । सो समितिमा राष्ट्रिय सभाका सांसदहरु, प्रतिनिधिसभाका सांसदहरु, प्रदेशसभाका सांसदहरु, काठमाण्डौ महानगरपालिकाका प्रमुख लगायत विभिन्न नगरपालिकाका प्रमुखहरुको सदस्य रहेका छन् ।

वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी जन्मशताब्दी महोत्सव कार्यक्रम व्यवस्थापन मूल समितिको माघ २५ गते बसेको बैठकले कार्यसम्पादनलाई सहज बनाउन ललितपुर महानगरपालिका वडा नं ३ का वडा अध्यक्ष श्रीगोपाल महर्जनको संयोजकत्वमा सत्यमोहन जोशी जन्मशताब्दी महोत्सव कार्यक्रम कार्यसम्पादन समिति गठन गरिएको थियो ।

जोशीको शताब्दी महोत्सवको पहिलो दिन आज उहाँलाई पाटनको मंगलबजारबाट लगनखेल, जावलाखेल हँुदै सांस्कृतिक जन्मोत्सव ¥याली गरी बाजागाजा सहित नगरपरिक्रमा गराई राष्ट्रपतिको प्रमुख आतिथ्यता महानगरपालिका प्राङ्गण पुल्चोकमा विशेष कार्यक्रम आयोजना गर्ने महानगरले जनाएको छ । बिहान रक्तदान कार्यक्रम, साँझ दिपावली, महानगरपालिकाभित्र स्थायी बसोवास गर्ने १०० वर्ष पूरा गरेका जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको महानगरले जनाएको छ । 

वाङमय शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीज्यूको जन्मशताब्दी महोत्सवको अवसरमा पहिलो दिन वैशाख ३० गतेबाट सुरु भई एक वर्षसम्म आयोजना गरिने कार्यक्रमहरुको विवरण यसप्रकार छन् 

१ - वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको शताब्दी महोत्सवको पहिलो दिन (जन्म दिन) मा उहाँलाई मंगलबजारबाट लगनखेल, जावलाखेल हुँदै सांस्कृतिक जन्मोत्सव र्याली गरी बाजागाजा सहित नगरपरिक्रमा गराई राष्ट्रपतिको प्रमुख आतिथ्यता महानगरपालिका प्राङ्गण पुल्चोकमा विशेष कार्यक्रम आयोजना गर्ने ।

२-  बैशाख ३० गते विहान रक्तदान कार्यक्रम आयोजना गर्ने ।

३ - बैशाख ३० गते साँझ दिपावली कार्यक्रम आयोजना गर्ने ।

४ - बैशाख ३० गते महानगरपालिकाभित्र स्थायी बसोवास गर्ने १०० वर्ष पूरा गरेका जेष्ठ नागरिकहरुलाई  यथोचित सम्मान गर्ने ।

५ - स्थानीय सरकारको अधिकार प्रयोग गरी बैशाख ३० गते महानगरपालिका अन्तर्गतका सबै कार्यालयहरुमा स्थानीय सार्वजनिक बिदा दिने । 

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी जन्मशताब्दी महोत्सवका अवसरमा वर्षभरि गरिने कार्यक्रम :

१ - नेपाल र भारतको परापूर्व कालदेखिको दौत्य सम्बन्ध रहेको अशोक सम्राटको छोरी चारुमतीको बारेमा ¥याली प्रदर्शन गर्ने । 

२ - सेतो चैत्य पुस्तक अंग्रेजीमा प्रकाशन गर्ने, चारुमति पुस्तक नेपालीमा प्रकाशन गर्ने 

३ - विद्यालयको पाठ्य पुस्तकमा उहाँको जीवनी समावेश गर्न पहल गर्ने।

४ वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको जन्म शताब्दी महोत्सवको सन्दर्भमा निर्माण भएको वेभसाइतमा उहाँसँग सम्बन्धित पाठ्य सामग्रीहरु राख्ने ।

५ - वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको जन्म शताब्दी महोत्सवको सन्दर्भमा लेख, रचना र कार्यक्रमहरुको संकलनका लागि दैनिक पत्रिकामा प्रस्ताव आह्वान गर्ने 

६ - नेपालका स्थानीय तहहरुलाई समेत वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको जन्म शताब्दी महोत्सवको सन्दर्भमा कार्यक्रमहरु आयोजना गर्नका लागि विशेष अनुरोध गर्ने ।

७ - सगरमाथामा ललितपुर महानगरपालिका र वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको तस्विर अंकित व्यानर सगरमाथामा फहराउने । 

९ - नेपाल सरकारसँग समन्वय गरी वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी तस्बिर अंकित हुलाक टिकट प्रकाशन गर्ने ।

१० - नेपाल सरकारसँग समन्वय गरी वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको तस्बिर अंकीत चाँदीको मुद्रा निष्काशन गर्ने । रु. २,५००÷– को १,००० थान, रु. १,०००÷– को २,००० थान, रु. १००÷– को ५,००० थान  सिक्का निष्कनशनको प्रकृयामा रहेको छ ।

११ - वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई गोसाईँकुण्ड (सिलु) दर्शन गराउने ।

१२ - वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको दिन चर्या समेटेर अडियो भिडियोको अभिलेख राख्ने ।

१३ - पाटन संङ्ग्रालय भित्रको भण्डारखाल बगैँचा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको हातबाट शिलान्यास गराउने ।

१४ - वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको प्रतिमा सहित उहाँको नाममा ललितपुर महानगरपालिका क्षेत्रभित्र पार्क निर्माण गरी उपयुक्त सडकलाई उहाँको नामबाट नामाकरण गर्ने ।

१५ - वाङ्मय क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने ब्यक्तित्वलाई वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी सम्मान पदक प्रदान गर्न महानगरपालिका प्रमुखको अध्यक्षतामा छनौट समिति गठन गर्ने ।

१६ - वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीज्यूद्वारा अरनिको सम्वन्धमा लेखिएका कृति तथा लेखहरुका अभिलेख तथा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको कदर गर्दै नेपाल आर्ट ग्यालरीमा आर्ट प्रदर्शन गर्ने ।

१७ - जगमरु पुखुः (पिम्बहाल पोखरी) मा “मल्लकालिन संगीत साँस्कृतिक साँझ” कार्यक्रम गर्ने ।

१८ - वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी प्रतिष्ठान एवं अध्ययन केन्द्र स्थापना गर्न इच्छुक र सरोकारवालहरुसँग छलफल गर्ने ।

१९ - ललितपुर महानगरपालिकाको स्मारिका अन्तर्गत वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीज्यूको विशेष स्मारिका पुस्तक प्रकाशन गर्ने ।

२० - विद्घत आयामहरुको विवेचना गर्ने । 

२१ - सत्यमोहन जोशीको जीवन अनुभूतिलाई संग्रहित गर्ने क्रममा उहाँकी धर्मपत्नीको समेत जीवनका भोगाई, अनुभवहरु र वैवाहिक जीवनका बारेमा अनुभवहरु सहितको अडियो, भिडियो सामाग्री संकलन गर्ने।   


प्रतिक्रिया