आइसीपी हस्तान्तरणमा ढिलाइ

वैशाख ३१, २०७६ | विराटनगर

विराटनगरको बुधनगरमा निर्माणाधीन एकीकृत जाँच चौकी आइसीपीको हस्तान्तरण अनिश्चित बनेको छ । भारत सरकारको लगानीमा १ सय २९ बिघा क्षेत्रमा निर्माण भएको आइसीपी भारत सरकारले नेपाल सरकारलाई गत चैत १७ गते हस्तान्तरण गर्ने भनिएको थियो ।

निर्माण कम्पनी दिनेशचन्द्र एन्ड आर अग्रवाल इन्फाका अनुसार नेपालको सहरी विकास विभागमा केही काम बाँकी रहेकाले निर्धारित समयमा हस्तान्तरण हुन नसकेको हो ।

आइसीपी निर्माणले भन्सार जाँचपासका प्रक्रिया सहज हुनुका साथै भारत र तेस्रो मुलुकबाट आयात हुने सामग्री सीधै रेलसेवा मार्फत् ल्याउन सकिने छ ।

यसले गर्दा ढुवानी खर्च कम हुने अनि आयातीत सामग्री बिग्रने र नष्ट हुने सम्भावना पनि घट्ने उद्योगी–व्यवसायीले बताउँदै आएका छन् । उनीहरुले चाँडो हस्तान्तरण गरी सञ्चालन गर्न माग गरेका छन् ।


प्रतिक्रिया