निर्वाचनमा हार व्यहोरे पदबाट राजीनामा : प्रधानमन्त्री मे

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ३, २०७६ | बीबीसी

बेलायती प्रधानमन्त्री टेरिजा मेले ब्रेक्जिटका लागि चौंथो पटकको निर्वाचनमा समेत हार व्यहोरे पदबाट राजीनामा दिने प्रतिवद्धता जनाउनुभएको छ । जुन पहिलो साता हुने ब्रेक्जिट मस्यौदामाथिको मतदानमा असफल भए नयाँ प्रधानमन्त्री चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने प्रधानमन्त्री मेको भनाई छ ।

बेलायतमा हालै भएको स्थानीय तहको चुनावमा समेत कन्जरभेटिभ पार्टीले राम्रो नतिजा ल्याउन नसकेपछि प्रधानमन्त्री मेलाई राजीनामाका लागि दबाब बढेको बीबीसीले जनाएको छ ।

बेक्जिट सम्झौतामाथि समर्थनको प्रयास स्वरुप भएका बारम्बारका छलफलमा सत्तापक्ष र विपक्षी दलका सांसदहरुले प्रधानमन्त्री मेले पद छाड्ने प्रतिवद्धता जनाए पक्षमा मतदान गर्ने बताउँदै आएका थिए ।

वरिष्ठ मन्त्रीहरु समेत सहभागी भएको एउटा छलफलमा प्रधानमन्त्री मेले पद छाड्ने बताउनुभएको बीबीसीले उल्लेख गरेको छ । 

प्रधानमन्त्री मे पदबाट बाहिरिए कन्जरभेटिभ पार्टीकै नेता बोरिस जोनसनले आफू प्रधानमन्त्रीका लागि प्रतिस्पर्धामा उत्रिने बताईसक्नु भएको छ । 


प्रतिक्रिया