कान्तिपुर हाफ म्याराथनको नवौँ संस्करण जेठ ११ मा

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ३, २०७६ | काठमाडौं

- कान्तिपुर हाफ म्याराथनको नवौँ संस्करण आगामी जेठ ११ गते हुने भएको छ । यसवर्षको काठमाडौमा आज भएको पत्रकार सम्मेलनमा म्याराथनको मुख्य उदेश्य प्रदुषण विरुद्ध चेतना फैलाउनु रहेको कान्तिपुर पब्लिकेशन्सका असिस्टेन्ट जेनेरल म्यानेजर महेश स्वारले जानकारी दिए  म्याराथन विगतको वर्ष झै यस वर्षपनि हाफ म्याराथन, कर्पोरेट तथा मिडिया दौड र  ह्वीलचियर दौड गरि ३ विधामा हुनेछ ।

२१ दशमलव १ किलोमिटरको हाफ म्याराथनको महिला पुरुष दुबैतर्फको विजेताले एक थान मोटरसाईकल र ५० हजार रुपैयाँ प्रँप्त गर्नेछ । दोस्रो हुनेले ३०, तेस्रोले २० हजार रुपैयाँ हात पार्नेछन् । चौथो, पाँचौ र छेटौ हुनेले १०, ५ र ३ हजार रुपैयाँ पाउनेछन् । हाफ म्याराथन थापाथलीस्थित सेन्ट्रल विजनेश पार्कबाट सुरु भई माईतिघर मण्डला, बानेश्वर, कोटेश्वर, जडिबुटी, लोकन्थली, थिमी, सल्लाघारी चोकबाट पुनः कोटेश्वर, तिनकुने, बानेश्वर हुँदै थापाथलीमा आएर टुङ्गिनेछ। 

कर्पोरेट तथा मिडिया ५ किलोमिटर दौड थापाथलीबाट सुरु भई माईतीघरमण्डला, बानेश्वर, सिभिल अस्पताल अगाडीबाट घुम्ती लगाएर पुनः सोही रुटमा फर्कनेछ । यसको महिला पुरुष दुबैतर्फका विजेताले बैंककको ३ रात ४ दिनको प्याकेज पाउनेछ भने दोस्रो हुनेले २ रात ३ दिनको पोखरा प्याकेज प्राप्त गर्नेछ । तेस्रो हुनेले माउन्टेन Ïलाईटको टिकट पाउनेछ । ह्वीलचियर दौडको महिला– पुरुष विजेताले २०, दोस्रोले १० र तेस्रो हुनेले ५ हजार रुपैयाँ पाउनेछन् । ह्वीलचियर दौड थापाथलीबाट, माईतीघर मण्डलाको फन्को लगाएर सेन्ट्रल विजनेश पार्कमा आएर टुङ्गिनेछ । 

विगत २०६७ सालदेखि सुरु भएको म्याराथन फागुन ७ गते हुँदै आएपनि गत वर्षदेखि फरक मितिमा आयोजना हँुदै आएको छ । गत वर्षको म्याराथनमा २ हजार ५ सय ६० जनाले सहभागिता जनाएका थिए । 

 


प्रतिक्रिया