प्रदेश २ सरकारले सञ्चार विधेयकबाट जरिवाना सम्बन्धी व्यवस्था संशोधन गरी हटाउने

जेष्ठ ३, २०७६ | जनकपुर

- प्रदेश २ को सरकारले प्रदेश सभामा टेबल गरेको सञ्चार विद्येयक संशोधनका लागि प्रक्रिया अगाडी बढाएको छ । प्रदेश सभामा टेबल गरेकोे संचार सम्बन्धी विधेयकमा प्राविधिक त्रुटिबस  जरिवाना सम्बन्धी वाक्यांश पर्न गएकोले संशोधनका लागि प्रक्रिया अघि बढाइएको  प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले बताउनुभयो ।

सञ्चार सम्बन्धि विद्येयकमा १ करोड रुपैयाँसम्म जरिवाना हुने वाक्याशं सञ्चारकर्मीहरुको परामर्शबाट संशोधन र परिमार्जन गरिने मन्त्री यादवले बताउनुभयो । प्रदेश २  सरकारले आज एक आज विज्ञप्ति जारी गर्दै विधेयकमा संचारकर्मीहरूले सम्प्रभुता विरुद्ध समाचार लेखेमा ५० लाखदेखि १ करोड रुपैयाँसम्म जरिवाना गर्ने भन्ने वाक्यांश र अन्य केही शब्दावली प्राविधिक त्रुटिवश पर्न गएको जनाएको छ ।

यसलाई परामर्शबाट संशोधन परिमार्जन गरिने मन्त्री यादवले प्रतिवद्धता जनाउनुभयो । मंगलबार प्रदेश सभा बैठकमा यादवले टेबल गरेको विद्येयक विचाराधिन अवस्थामा छ ।

 


प्रतिक्रिया