जोकोभिच र नाडाल ईटालियन ओपनको सेमिफाइनलमा 

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ४, २०७६ | एजेन्सी

शीर्ष वरियताका सर्बियन नोभाक जोकोभिच र दोस्रो वरियताका स्पेनी राफयल नाडाल ईटालियन ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् । हर्जेन्टिनी हुँवा मार्टिन डेल पोत्रोलाई २–१ को सेटले हराउँदै जोकोभिचले अन्तिम चारमा स्थान बनाएका हुन् । पहिलो सेट ४–६ ले पोत्रोलाई सुम्एिका जोकोभिचले त्यसपछिका सोटमा ७–६ र ६–४ को जित हात पारेका थिए । 

फाइनल प्रवेशका लागि उनले स्टेफानोस सिट सी पाससँग प्रतिस्पर्धा गर्नेछन् । तेस्रो वरियताका स्वीस रोजर फेडरर चोटका कारण कोर्ट नउत्रिए पछि सिट सी पासले वाकओभर पाएर सेमिफाइनलको यात्रा तय गरेका हुन् ।

नाडालले आफ्नै देशका फर्नाण्डो भर्डास्कोलाई २–० ले पराजित गरे । उनले ६–४ र ६–० को सहज जित हात पारेका हुन् । 

११ औं वरियताका अर्जेन्टिनी डीएगो स्वार्चम्यानले छैटौं वरियताका जापानी केई निसिकोरीलाई सोझो सेटले पाखा लगाए । उनले ६–४ र ६–२ को सहज जित निकाल्दै निसिकोरीको चुनौती पन्छाएका थिए । 


प्रतिक्रिया