मोरङका दुई खोलामा तटबन्ध बनाइने

जेष्ठ ४, २०७६ | विराटनगर, 

वर्षाका बेला हरेक वर्ष बाढीले क्षति पुर्‍याउँदै आएको मोरङको बेलबारीमा रहेका लोहन्द्रा र चिसाङ खोलामा तटबन्ध बनाइने भएको छ । यसका लागि उपभोक्ता समिति गठन गरी काम सुरु गरिएको छ ।

बेलबारी १, र ५ नम्बर वडामा पर्ने लोहन्द्रा खोलामा तटबन्ध निर्माण गर्नका लागि संघीय सरकार मार्फत २ करोड रुपैयाँ भन्दा बढी निकासा भएको बेलबारी नगरपालिकाले जनाएको छ ।

सो बजेटबाट लोहन्द्राका विभिन्न चार स्थानमा तटबन्ध निर्माण गरिने जनाइएको छ । यसैगरी प्रदेश १ सरकारले लोहन्द्रा खोलाकै तीन स्थानमा तटबन्ध निर्माणका लागि ८० लाख रुपैयाँ बजेट दिएको नगरपालिकाले जनाएको छ । यसैगरी चिसाङ खोलाको तटबन्धका लागि ८० लाख रुपैयाँ विनियोजन भएको छ ।
 


प्रतिक्रिया