त्रिशूलीमा बस खस्दा ५ जनाको मृत्यु

जेष्ठ ५, २०७६ | धादिङ

काँकडभिट्टाबाट काठमाण्डौं आउँदै गरेको यात्रुबस त्रिशूली नदीमा खस्दा ५ जनाको मृत्यु भएको छ । धादिङको बल्छेटारबाट ना ७ ख ४३८७ नम्बरको बस त्रिशूली नदीमा खसेको प्रहरी उपरिक्षक राजकुमार बैदवारले जानकारी दिनुभयो ।

मृतकको सनाखत हुन सकेको छैन । उद्दार कार्य जारी रहेको प्रहरीले जनाएको छ । घाइते मध्ये १४ जनालाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको सहकर्मी हरिहरसिंह राठौरले जनाएका छन् ।

अन्यको स्थानीय गजुरी, आदमघाट, मलेखु लगायतका अस्पतालहरुमा उपचार भईरहेको छ । 

 


प्रतिक्रिया