मरिसन अष्ट्रेलियाको भावी प्रधानमन्त्री बन्ने पक्का

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ५, २०७६ | एजेन्सी

– सत्तारुढ लिबरल पार्टीका स्कट मरिसन अष्ट्रेलियाको भावी प्रधानमन्त्री बन्ने पक्का भएको छ । संघीय चुनावमा आफ्नो कन्जरभेटिव गठबन्धनलाई फेरि पनि जीतका लागि मत खसालेको भन्दै मरिसनले समर्थकलाई धन्यवाद दिनुभएको छ । पछिल्लो मत परिणाम अनुसार लिबरल नेशनल गठबन्धनले बहुमत ल्याउने पक्का भएको छ । विपक्षी लेबर पार्टीका नेता बील शार्टनले हार स्वीकार्दै राजीनामा दिनु भएको बीबीसीले उल्लेख गरेको छ । चुनावको अन्तिम परिणाम आउन अझै बा“की रहे पनि ७० प्रतिशत भन्दा बढी मत, लिबरलले आफ्नो पक्षमा हासिल गरीसकेको छ । बहुमतका लागि लिबरलले ७६ सिट ल्याउनु पर्ने  हुन्छ, ७४ सिटमा लिबरल नै अघि रहेको पछिल्लो मत परिणामले देखाएको छ । लेबर पार्टी भने ६६ सिटमा सिमित छ । एक करोड ६४ लाख मतदाता रहेको अष्टे«लियामा हिजो आम निर्वाचन सम्पन्न भएको थियो ।   


प्रतिक्रिया