भारतमा ७ औं चरणको लोकसभा चुनाव सुरु 

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ५, २०७६ | बीबीसी

लोकसभा निर्वाचन अन्तर्गत भारतमा अहिले सातौं तथा अन्तिम चरणको मतदान भइरहेको छ । सात वटा राज्यमा ५९ सिटका लागि मतदान भईरहेको बीबीसीले जनाएको छ । आजको चुनावमा प्रधानमन्त्री नरेन्द्र मोदीको क्षेत्र वाराणसी पनि समेटिएकाले यसलाई महत्वका साथ हेरिएको छ ।

आज उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल सहित एउटै केन्द्रीय शासन रहेको प्रदेश चण्डीगढमा मतदान भइरहेको छ ।

आजको चुनावमा १० करोड मतदाताले ९ सय ९ उम्मेदवारको भाग्य फैसला गर्नेछन् । यही साता भित्र अन्तिम विभिन्न चरणमा भएका लोकसभा चुनाव अन्तर्गतको यो नै अन्तिम चरणको चुनाव हो ।


प्रतिक्रिया