'निःशुल्क शिक्षा कार्यान्वयनमा चुनौती'

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ५, २०७६ | काठमाडौं

- संसदको शिक्षा तथा स्वास्थ्य समितिले आधारभुत तहसम्म अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयनमा चुनौती देखिएको ठहर गरेको छ ।

समितिको आज बसको बैठकमा सभापति जयपुरी घर्तीले विद्यालयको भौतिक पूर्वाधार, शिक्षा क्षेत्रमा विनियोजन गरिने बजेट लगायतका कारण अनिवार्य तथा निःशुल्क शिक्षा प्रभावकारी रुपमा कार्यान्वयन नहुने बताउनुभएको हो ।

समितिको वार्षिक प्रतिवेदन माथि छलफलका क्रममा सभापति घर्तीले शिक्षा तथा क्षेत्र सुधारका लागि दिने गरिएको निर्देशनको कार्यान्वयनमा सरकारसंग अन्तरविरोध रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, 'समितिले सरकारलाई शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारका लागि दिएको सुझाव तथा निर्देशनको कार्यान्वयन भएको जानकारी आएको छैन् । त्यसको फलोअपमा लाग्नु जरुरी छ ।'  

 


प्रतिक्रिया