भारतमा मतदान सम्पन्न 

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ५, २०७६ | काठमाडौं

- भारतमा लोकसभा निर्वाचन अन्तर्गत सातै चरणको मतदान सम्पन्न भएको छ । आज सात वटा राज्यमा ५९ सिटका लागी मतदान भएपछि सन् २०१९ को लोकसभा निर्वाचनअन्तर्गत मतदान सकिएको हो ।

भारतीय लोकसभाका ५ सय ४३ सिटका लागी भएको निर्वाचनमा बहुमतका लागी २ सय ७२ आवश्यक पर्नेछ । ६७ दशमलव ३७ प्रतिशत मतदान भएको निर्वाचनको मतगणना आगामि विहीबारबाट सुरु हुने भारतको निर्वाचन आयोगले जनाएको छ ।

आज उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल सहित एउटै केन्द्रीय शासन रहेको चण्डीगढमा मतदान भएको हो । ९० करोड भारतीय मतदाताले आफ्नो लोकतान्त्रिक अधिकारको प्रयोग गरेको लोकसभा निर्वाचन विश्वकै ठुलो निर्वाचन कार्यक्रम हो । यही साता भित्र अन्तिम परिणाम सार्वजनिक गर्ने भारतको निर्वाचन आयोगको तयारी छ ।

त्यसअघि नै एक्जिट पोलको निर्णय भने आजै साँझ सार्वजनिक गर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गत निर्वाचनमा उल्लेख्य सिटमा जित हात पारेको सत्तारुढ भारतीय जनता पार्टीका लागी यो निर्वाचन अत्यन्त महत्वपूर्ण मानिएको छ । 

 


प्रतिक्रिया