त्रिशूली नदीमा भएको दुर्घटनामा अझै चार जना बेपत्ता

जेष्ठ ६, २०७६ | धादिङ

झापाको काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको यात्रुबस दुर्घटनामा अझै चार जना बेपत्ता रहेको भन्दै धादिङ प्रहरीले खोजी जारी राखेको छ । ना ७ ख ४३८७ नम्बरको यात्रुबस हिजो बिहान पृथ्वी राजमार्गको गजुरीबाट त्रिशूली नदीमा खस्दा ९ जनाको मृत्यु भएको थियो भने २४ जना गम्भीर घाइते भएका थिए ।

घाईतेहरुको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उपचारपछि होसमा फर्किएका घाइेते तथा आफन्तहरुको भनाईका आधारमा २ बालक र २ पुरुषको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ ।

अप्टिकल फाइबर बिछ्याउने कामका लागि प्रधानमन्त्री केपी शर्मा ओली आज धादिङ जाने भएपछि उहाँको सुरक्षामा ध्यान दिनु पर्ने भएपछि बेपत्ताहरुको खोजीमा समस्या हुने प्रहरीको भनाई छ । आजै नेक्रवित्रम चन्द समूहले कार्यकर्ता रिहाईको माग गर्दै धादिङ जिल्ला बन्द गराएको छ । 

यसैबीच, यात्रु बस र एउटा ट्रक सडकमै बिग्रिएपछि पृथ्वी राजमार्गको नौबिसे खण्डमा सवारी सञ्चालन हुन सकेको छैन । धादिङ बन्दको खवर नभएर काठमाडौंबाट छुटेका र काठमाडौंका लागि आउँदै गरेका सयौं सवारी साधन र यात्रु बीच मै रोकिएका छन् । बिग्रिएका गाडी पन्छाएर सडक खुलाउने र स्कर्टिङ गरेर यात्रुलाई गन्तब्यमा पुर्‍याउन प्रयास भइरहेको नौबिसे प्रहरीले जनाएको छ ।  

यसैबीच, पहिचान हुन नसकेको सवारी साधनले बा ३५ प ९३९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा नौबिसेका दिपेश घलानको गएराती घटनास्थालमै मृत्यु भएको छ । ठक्कर दिने सवारी साधनको खोजी भईरहेको प्रहरीको भनई छ । 


प्रतिक्रिया