राजपाको संयोजकमा अनिल झा 

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ६, २०७६ | काठमाडौं

चक्रिय प्रणाली अनुसार अनिलकुमार झा राष्ट्रिय जनता पार्टी राजपा नेपालको संयोजक हुनुभएको छ । अध्यक्षमण्डलका सदस्य झाले आजैबाट संयोजकको जिम्मेवारी सम्हाल्नु भएको छ । अध्यक्षमण्डलका सदस्यहरुबीच भएको सहमतिअनुसार, आगामी २ महिनाका लागि झा संयोजक बन्नु भएको हो ।

६ सदस्यीय अध्यक्षमण्डलमा झा पछि राजकिशोर यादव संयोजक तोकिनु हुनेछ । असोज ६ गतेपछि महन्थ ठाकुर पुनः संयोजक हुने र उहाँले महाधिवेशन गराउने राजपाको भनाई छ । राजपाले पहिलो एकता महाधिवेशनश आगामी कार्तिकको अन्तिम साताका लागि तोकेको छ ।

ठाकुरसहित राजेन्द्र महतो, महेन्द्र यादव र शरदसिंह भण्डारी यसअघि नै पार्टी संयोजक भईसक्नु भएको छ ।  

 


प्रतिक्रिया