हुवावेमा आफ्नो सेवा उपलब्ध नगराउने गुगलको घोषणा

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ६, २०७६ | बीबीसी

सर्च ईन्जिन कम्पनी गुगलले चिनियाँ मोवाईल कम्पनी हुवावेमा आफ्नो सेवा उपलब्ध नगराउने भएको छ । ट्रम्प प्रशासनले हुवावेलाई कालो सूचीमा राख्दै त्यसको बेचबिखनमा प्रतिबन्ध लगाए लगत्तै गुगलको पछिल्लो निर्णय सार्वजनिक भएको हो । 

गुगलको यो निर्णयका कारण हुवावेका एन्ड्रोईड र स्मार्ट फोन, गुगलको पहुँचबाहिर हुने भएका छन् । गुगलले सन्देश जारी गर्दै अमेरिकी सरकारको पछिल्लो निर्णय स्वीकार्दै  हुवावेमाथीको पहुँच कटौती गरेको जनाएको छ ।

चिनियाँ कम्पनीका मोबाईलमा अब गुगलका एपका साथै जीमेलको सेवापनि हट्नेछन् । यद्यपी उसले ओपन सोर्स लाईसेन्सबाट पाएको एन्ड्रोईड अपरेटिङ सिस्टम भने पैयोग गर्न पाउनेछ । गुगलको पछिल्लो निर्णयप्रति हुवावेले कुनै प्रतिक्रिया जनाएको छैन् ।  


प्रतिक्रिया