किर्ते उपभोक्ता समिति प्रकरणमा राजपाका २ केन्द्रीय सदस्य जेलचलान

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ६, २०७६ | सप्तरी

- किर्ते उपभोक्ता समिति प्रकरणमा राजपा नेपालका केन्द्रीय सदस्यहरु विपी यादब भनिने विश्वनाथ प्रसाद र हरिनारायण मण्डललाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

किर्ते उपभोक्ता समिति गठनका लागि सरकारी कागज किर्ते तथा ठगी उद्योग र सरकारी छाप दस्तखत किर्ते लिखत गरेको भन्ने दुई फरक मुद्धामा बहसपछि सप्तरी जिल्ला अदालतका न्यायाधीश उमेश कोईरालाको इजलासले यादव र मण्डललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

जिल्लाको अग्नीसाइर कृष्णासवरण गाउँपालिका  र छिन्नमस्ता गाउँपालिकामा किर्ते गरि उपभोक्ता समिति गठन गरेको आरोपमा उनीहरुलाई पक्राउ गरि प्रहरीले मुद्धा चलाएको थियो । दुबै प्रकरणमा प्रहरीले पक्राउ गरी आरोपीत वनाईएका पुर्वाधार बिकास डिभिजन कार्यालय सिरहाका सिनियर डिभिजनल इन्जिनयर राजकुमार गोइतलाई ४ लाख रुपैयाँ धरौटी लिने आदेश भएको जिल्ला अदालत सप्तरीले जनाएको छ ।

यसैगरी अग्नीसाइर कृष्णासवरण गाउपालिकाको किर्ते उपभोक्ता समिती सम्बन्धी मुद्धामा उनीहरुसंगै प्रतिवादी वनाइएका दिलिपकुमार दास र रामाकान्त ठाकुरको हकमा अदालतले २ लाख ५० हजार रुपैयाँका दरले धरौटी लिने आदेश गरेको छ । 


प्रतिक्रिया