पाकिस्तानी क्रिकेट टोलीमा फेरबदल

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ६, २०७६

- विश्वकप क्रिकेट शुरु हुनु १० दिन अघि पाकिस्तानले टोलीमा फेरबदल गरेको छ । पाकिस्तान क्रिकेट बोर्डले आज सार्वजनिक गरेको अन्तिम टोलीमा तीन खेलाडी परिवर्तन गरिएको छ । परिवर्तित टोलीमा तीव्र गतिका बलर मोहम्मद आमिरले मौका पाएका छन् । आमिर यसअघि घोषणा गरिएको १५ सदस्य टोलीमा पर्न असफल थिए ।

त्यस्तै युवा अलराउन्डर आसिफ अली र तीव्र गतिका बलर वहाब रियाजले पनि मौका पाएका छन् ।  छ । विश्वकप आयोजक इंग्ल्यान्डसँगको ५ म्याचको सिरिज ४–० ले र अष्ट्रेलियासँग ५–० ले सिरिज गुमाएपछि पाकिस्तानले टोलीमा परिवर्तन गरेको हो । 

आमिर र रियाजको आगमनपछि टोलीको बलिङमा सुधार आउने अपेक्षा क्रिकेट बोर्डको छ । टोलीमा यसअघि अटाएका आविद अली, फहिम असरार्फ र जुनैद खानले भने मौका गुमाउने भएका छन् । यही जेठ १७ मा वेस्ट इन्डिजसँग खेल्दै पाकिस्तानले विश्वकप याक्रा थाल्ने छ । इङल्याण्ड र वेल्समा संयुत्त रुपमा आयोजना हुने विश्वकप जेठ १६ बाट शुरु हुँदैछ । 

 


प्रतिक्रिया