यौन व्यापारका लागि उत्तर कोरियाका हजारौं महिला चीनमा बेचिदै

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ७, २०७६ | एजेन्सी

उत्तर कोरियाबाट हजारौं महिला तथा किशोरीहरु चीनमा यौन व्यापारका लागि बेचिने गरेको प्रतिवेदन सार्वजनिक भएको छ । बेलायतस्थित एक अधिकारवादी संस्था कोरिया फ्युचर ईनिसियटभले सार्वजनिक गरेको प्रतिवेदनमा अधिकांश महिलाहरुलाई अपहरण गरि यौनकर्ममा लगाईने तथा चिनियाँ पुरुषसँग विवाह गर्न बाध्य पारिएकोे उल्लेख छ ।

यौनधन्दामा लगाईएका केही महिलाहरु घर फर्किने गरेपनि घरेलु हिंसामा पर्ने गरेको पाईएको छ । बेचिने अधिकांश १२ देखि २९ बर्षका छन् । उनीहरु चिनियाँ ३० यूआनदेखि १ हजारसम्ममा बेचिने र पछि साईबर यौन क्रियाकलापका लागि अनलाईनमार्फत सार्वजनिक गरि शोषण हुने गरेको खुलासा भएको छ ।

विवाहका लागि बाध्य पारिने युवतीहरु १० देखि ५० हजार युआनसम्म बिक्री हुने गरेको र श्रीमानबाटै बलात्कृत हुने गरेको प्रतिवदेनमा उल्लेख छ । उत्तर कोरियाली युवतीहरु विशेष गरि आप्रवासीहरुको बसोबास रहेको चीनको उत्तरपूर्वी जिल्लामा लगिने गरेका छन् ।

यस्तो व्यापार गर्ने आपराधिक संगठनहरुको कमाई बार्षिक १० करोड डलरसम्म हुने गरेको प्रतिवेदनमा उल्लेख छ । 

 


प्रतिक्रिया