सी डिभिजन लिगको छनोट आज सुरु हुँदै

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ७, २०७६ | काठमाडौं

सहिद स्मारक सि डिभिजन लिग फुटबलको छनोट प्रतियोगीता आज सुरु हुँदैछ । ३८ टोलीले प्रतिस्पर्धा गर्ने लिगको उद्घाटन खेलमा आज एफसी एसएसले सरस्वतीनगर स्पोर्टस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो १ बजे उद्घाटन खेल सुरु हुनेछ । 

आजै आरसी स्पोर्टस एकेडेमी र ललितपुर युनिफाईट पनि आमने सामने हुनेछन् । दोस्रो खेल पनि सोहि मैदानमा अपरान्ह ४ बजे सुरु हुनेछ । १२ समुहका उत्कृष्ट टोली नकआउट चरणमा प्रबेश गर्नेछन् । दोस्रो चरणमा १२ समुहका बिजेतालाई ३ समुहमा बिभाजन गरी प्रतिस्पर्धा गराईनेछ ।

हरेक समुहका बिजेता टोलीले सि डिभिजन लिगमा स्थान बनाउनेछन् । प्रतियोगीताका खेलहरु सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदान र बुद्धि विकास मैदानमा हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । 

 


प्रतिक्रिया