इन्डोनेशियाको राष्ट्रपतिमा वीडोडो पुनः निर्वाचित

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ७, २०७६ | एजेन्सी

राष्ट्रपति जोको वीडोडो दोस्रो कार्यकालका लागि इन्डोनेशियाको राष्ट्रपति बन्नुभएको छ । गत महिना भएको राष्ट्रपतीय निर्वाचनमा पूर्व सेनापति प्रावोओ सुवियान्तोलाई हराउँदै वीडोडो पुनःनिर्वाचित हुनुभएको हो ।

निर्वाचनमा वीडोडोेले ५५ दशमलव ५ र उहाँका निकटतम प्रतिस्पर्धी सुवियान्तोले ४४ दशमलव ५ प्रतिशत मत प्राप्त गरेको त्यहाँको निर्वाचन आयोगले जनाएको छ । १९ करोड २० लाखले मतदाता सहभागी भएको इन्डोनेशियाको चुनावमा करीब २० हजार स्थानीय तथा राष्ट्रिय सांसदहरुको चुनावका लागि मतदान भएको थियो ।

धर्मले निर्वाचित प्रभावित गरेको भन्ने आलोचनाकाबीच स्वतन्त्र अनुगमनकर्ताहरुले भने निश्पक्ष निर्वाचन भएको दाबी गर्दै आएका छन् । निर्वाचनमा धाँधली भएकाले परिणाम अमान्य रहेको भन्दै आजका लागि प्रर्दशनको तयारी भईरहका बेला बिहानै चुनावी नतिजा सार्वजनिक भएको बीबीसीले उल्लेख गरेको छ । प्रर्दशन नियन्त्रणका लागि भन्दै राजधानी जाकार्ताभर ३ हजार २ सय सुरक्षाकर्मी तैनाथ गरिएका छन् ।

सन् २०१४ को राष्ट्रपतीय निर्वांचनमा समेत वीडोडोसँग हार बेहोरेका ६७ सुवियान्तोले चुनावी नतिजा मान्य नभएको भन्दै प्रदर्शन गरेपछि अदालतमा जाने नजाने भने यकिन नभएको बीबीसीले उल्लेख गरेको छ । 

 


प्रतिक्रिया