अष्ट्रियामा फ्रिडम पार्टीका सबै मन्त्रीद्वारा राजीनामा

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ७, २०७६ | एजेन्सी

– अष्ट्रियाको फ्रिडम पार्टीका सबै मन्त्रीले राजीनामा दिएपछि गठबन्धन सरकार अलपत्र परेको छ । फ्रिडम पार्टीका नेता तथा भाईस चान्सलर हेन्ज क्रिश्चियन स्र्टाकले रुसी धनाढ्यकी भतिजीलाई सरकारी काममा अनुबंध गर्न लागेको भिडियो सार्वजनिक भएपछि राजीनामा लागि बँध्य पारिएको थियोे । सन् २०१७ को सो भिडियो फुटेज गत शुक्रबार जर्मन मिडियामा सार्वजनिक भएको थियो ।

भिडियोमा स्टार्क र फ्रिडम पार्टीकै अर्का अधिकारीले रुसी धनाढ्यकी भतिजीलाई सरकारी काममा अनुबंध गर्ने विषयमा सम्झौता गरेको देखिएको छ । भिडियो सार्वजनिक भएको भोलीपल्ट स्टार्कले राजीनामा दिएका थिए ।

यूरोपेली यूनियनको चुनावको तयारी भईरहेका बेला सार्वजनिक सो भिडियोले अष्ट्रियाली संसदमा आधा हिस्सा ओगटेको फ्रिडम पार्टीलाई धक्का पुग्ने विश्लेषकको भनाई छ । भिडियो सार्वजनिक हुनुअघि फ्रिडम पार्टीले यूरोपेली चुनावमा २० प्रतिशत मत प्राप्त गर्ने आंकलन गरिएिको थियो । 

 


प्रतिक्रिया