कर्मचारी र जनप्रतिनिधिबिच लडाई आवश्यक छैन : मन्त्री पण्डित

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ७, २०७६ | काठमाडौं

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले स्थानीय तहमा कर्मचारी र जनप्रतिनिधिबीच द्वन्द्व आवश्यक नरहेको बताउनुभएको छ । रेडियो कान्तिपुरसंग आज बिहान कुराकानी गर्दै मन्त्री पण्डितले केही स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारीबीच देखिएको असमझदारी अन्त्यका लागि मन्त्रालयले आवश्यक कदम चाल्ने उल्लेख गर्नुभयो । कर्मचारी कानुन जान्ने र जनप्रतिनिधि जनताको भावना अनुसार चल्ने भएकाले दुबै पक्ष मिलेर स्थानिय तहको विकास र बिस्तारमा क्रियाशील हुनुपर्ने उहाँको भनाई छ । 

फरक प्रसंगमा मन्त्री पण्डितले कर्मचारी समायोजनप्रतिको असन्तुष्टि केही दिनमै अन्त्य हुने बताउनुभयो । समायोजन प्रति थोरै जायज र अधिकांश नाजायज असन्तुष्टि रहेको भन्दै उहाँले उपयुक्त असन्तुष्टिको सम्बोधन गर्न मन्त्रालय कटिबद्ध रहेको उल्लेख गर्नुभयो ।

 

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

 

 


प्रतिक्रिया