प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले ९ अर्ब भ्रष्टाचार गरेको सांसदको आरोप

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ७, २०७६ | काठमाडौं

- प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सत्तारुढ नेकपाका सांसद अमनलाल मोदीबीच आरोप प्रत्यारोप चलेको छ । डेडिकेटेड फिडरका नाममा प्राधिकरणमा ९ अर्ब रुपैयाँ भन्दा बढी भ्रष्टाचार भएको सांसद मोदीले आरोप लगाएपछि दुईजनाबीच आरोप प्रत्यारोप चलेको हो ।

प्राधिकरणमा नीतिगत भ्रष्टाचार भएको प्रमाणित भए आफु मर्न समेत तयार रहेको कार्यकारी निर्देशक घिसिङले बताउनुभयो । सांसद भयो भन्दैमा आफुलाई अनावश्यक चार्ज नलगाउन घिसिङले चेतावनी दिएपछि दुईजनाबीच केहीबेर भनाभन समेत भएको थियो ।

प्राधिकरणमा कहीँ कतै भ्रष्टाचार भएको भए छानविन गर्न आफुहरु तयार रहेको घिसिङले बताउनभुयो । प्राधिकरणमा नीतिगत भ्रष्टाचार बढेको भन्दै सांसद मोदीले कार्यकारी निर्देशक घिसिङमा दम्भ बढेको आरोप समेत लगाउनुभयो ।

घिसिङले भने प्राधिकरणले बिलिङ गर्दा कुनै गल्ती गरेको पाइए छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउने प्रतिबद्धता जनाउनुभयो । 

 


प्रतिक्रिया