बुढीगण्डकी आयोजना प्रभावितका लागी पुनर्वास गराउन जग्गा रोक्का

जेष्ठ ७, २०७६ | गोरखा

बुढीगण्डकी जलविद्युत आयोजनाबाट विस्थापित हुने परिवारको पुनर्वासका लागी जग्गा अधिग्रहणको प्रारम्भिक कार्य शुरु भएको छ ।

गोरखा घ्याल्चोकमा रहेको वुढीगण्डकी जलविद्युत आयोजनाको वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनर्स्थापना इकाइले वैशाख २० गते मालपोत कार्यालयलाई पत्र काट्दै ५ ठाउँको जग्गा रोक्का गर्न भनेको हो ।  

गोरखातर्फ आरुचनौटे ३ र ४ वडाको ५७, नामजुङ १ र दुइ वडाको ३२, धावा–६ को १ सय ११, वोर्लाङ ३, ९ र ८ को ६ सय २४ तथा दर्वुङ–५ को ९६ कित्ताको जग्गा रोक्का गर्न भनिएको छ ।

डुवान क्षेत्रका वासीन्दाहरुको पुनर्वास गराउने एवं अन्य सामाजिक, धार्मिक, सांस्कृतिक संरचनाहरुको पुनस्थापना प्रयोजनका लागी अधिग्रहण गर्नुपर्ने देखिएको जग्गा खरिद विक्रिमा रोक्का गर्ने ब्यहोराको पत्र मालपोतलाई पठाइएको छ ।

इकाइले पत्राचार गरेपछि तत्कालका लागि सुचना जारी गरि खरिद विक्रि रोक्का गरेको जिल्ला मालपोत अधिकृत देवेन्द्र थापाले जानकारी दिनुभयो । १२ सय मेगावाटको जलाशययुक्त आयोजनाबाट धादिङको १३ र गोरखाको १४ साविका गाविसका स्थानीयहरु प्रत्यक्ष प्रभावित हुनेछन् ।

यसैबीच, भिमसेन थापा गाउँपालिका–८ वोर्लाङ स्थित घाटवेसीका प्रभावितले आफुहरुलाई पुनर्वास गराउने जग्गा अपायक भएको भन्दै इकाइ र जिल्ला प्रशासनमा आज ज्ञापन पत्र वुझाएका छन् । 


प्रतिक्रिया