प्रधानमन्त्री कप महिला क्रिकेट जेठ अन्तिम साता हुने

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ७, २०७६ | काठमाडौं

- प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगिताको चौथो संस्करण जेठ अन्तिम साता हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् राखेपको आयोजना तथा महाकाली र्स्पोर्टस् सोसाईटीको व्यवस्थापनमा हुने प्रतियोगिता जेठ २८ गतेबाट सुरु हुने सोसाईटीका अध्यक्ष सुमन भट्टले जानकारी दिए ।

कंचनपुरको महेन्द्रनगरमा हुने प्रतियोगितामा ७ प्रदेश र १ विभागीय गरि ८ टोली सहभागी हुनेछन् । प्रतियोगिताको विजेताले ५ तथा उपविजेताले ३ लाख रुपैयाँ हात पार्नेछन् । उत्कष्ट खेलाडीले १ थान स्कुटर पाउनेछन् ।

प्रतियोगिता सम्पन्न गर्न ८८ लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकले गरेको छ । प्रतियोगिताका लागि ३५ लाख रुपैयाँ राखेपले उपलब्ध गराउनेछ भने अन्य खर्च सोसाईटीले व्यवस्थापन गर्नेछ । 


प्रतिक्रिया