अवरुद्ध बीपी राजमार्ग खुल्यो

जेष्ठ ८, २०७६ | सिन्धुली

बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका ५ को खनियाँखर्क नजिक पहिरो खस्दा अवरुद्ध सडक सञ्चालनमा आएको छ । आँधीहुरी सहित आएको वर्षातका कारण राजमार्गका विभिन्न  चार स्थानमा पहिरो खस्दा यातायात अवरुद्ध भएको थियो ।

ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक रामेश्वर पाण्डेका अनुसार सो क्षेत्रको चार स्थानमा खसेको पहिरो पन्छाएपछि यातायात सञ्चालन गरिएको हो ।

पूर्वी नेपालबाट राजधानी काठमाडौंसँग जोडिने यो छोटो वैकल्पिक मार्ग हो । गाउँमा सडक लैजानका लागि जथाभावी ट्रयाक सडक खोल्दा पहिरो खसेर सडक अवरुद्ध हुने गरेको छ ।


प्रतिक्रिया