लमजुङमा ४ घण्टाको अन्तरमा दुईवटा परकम्प

जेष्ठ ८, २०७६ | लमजुङ

लमजुङमा ४ घण्टाको अन्तरमा दुई वटा भुकम्पको धक्का महसुस गरिएको छ । बिहान ३ बजेर २८ मिनेटमा बेसींशहर नगरपालिका ३ गाउँशहर दरबारलाई केन्द्रबिन्दु बनाएर ३ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि गएराति ११ बजेर ४७ मिनेटमा सोही स्थानलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको थियो । एकैरात दुईवटा भुकम्प गएपछि बेसींशहर र आसपासका क्षेत्रका सर्वसाधारण त्रसित बनेका थिए । 


प्रतिक्रिया