बीबीसी पाकिस्तानमा एचआईभी सङक्रमित बढे

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ८, २०७६ | बीबीसी

पाकिस्तानको सिन्ध प्रान्तको दक्षिणी क्षेत्रस्थित रत्तो डेरो गाउँका अधिकांश बालबालिकामा  एचआईभी सङ्क्रण देखिएको छ । पहिलो पटक गत फेब्रअरीमा एचआईभी देखिएको सो क्षेत्रमा अप्रिल यता १५ जना बालबालिकामा सो संक्रमण भेटिएको चिकित्सकलाई उद्यृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

बालबालिकामा एचआइभी संक्रमण भेटिएपछि उनीहरुको अभिभावकको पनि रगत परीक्षण गर्दा नेगेटिभ भेटिएको थियो । ६ सय ७ जनामा परीक्षण गर्दा ७५ प्रतिशत बालबालिाकालाई सो संक्रमण भेटिएको बीबीसीले उल्लेख गरेको छ ।

एचआईभी सङ्क्रमितको संख्या बढ्नुको कारण भने खुलेको छैन । सो क्षेत्रमा सन् २०१६ मा पहिलोपटक एचआईभी देखिएको थियो । परीक्षण गराएका मध्ये १ हजार ५ सय २१ जनामा एचआईझी संक्रमण देखिएको थियो ।

यौनकर्ममा लागेका महिला तथा तेस्रो लिङ्गीको संगतका कारण त्यसबेला अधिकांश सङ्त्रमित पुरुषहरु थिए । तर सो घटना र अहिलेको घटनासँग जोड्न सकिने भएपनि प्रत्यक्ष सम्बन्ध नरहेको चिकित्सकहरुको भनाई छ ।


प्रतिक्रिया