सहयोगका लागि प्रधानमन्त्री मे को आग्रह

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ८, २०७६ | बीबीसी

बेलायती प्रधानमन्त्री टेरिजा मेले नयाँ ब्रेक्जिट मस्यौदामा सहमति जनाउने अन्तिम मौकाको सदुपयोग गर्न सांसदहरुलाई आग्रह गर्नुभएको छ । सांसदहरु ब्रेक्जिटका लागि सहमत भए सरकारले प्रस्तुत गरेको ब्रेक्जिट सम्झौताका लागि जनमत सङ्ग्रहमा जाने या नजाने भन्नेमा सामान्य मतदानबाट निर्णय गरिने उहाँको भनाई छ ।

प्रधानमन्त्री मेले यूरोपेली यूनियनसँग सम्झौता गर्नुपर्ने समय आएकोले सहयोग गर्न आग्रह गर्नुभयो । त्यसका लागि पद त्याग्न पनि आफू सहमत भएको बताउनुभएको छ । ब्रेक्जिट सम्झौतामा सहमतिका लागि यसअघि भएका ३ वटा मतदान असफल भएपछि प्रधानमन्त्री मेले चौथो तथा अन्तिम प्रयास थाल्नुभएको हो । 

नयाँ सम्झौता नाम दिईएको सो ब्रेक्जिटको विधेयकमा कामदारका अधिकारहरुको सुनिश्चितता, वातावारणीय सुरक्षा र उत्तरी आयरल्याण्डसँगको सीमा तथा सम्बन्ध लगायत विषय थप गरिएको प्रधानमन्त्री मेको भनाई छ । यद्यपि, विपक्षी लेबर पार्टीका अधिकांश सांसदले भने ब्रेक्जिटमा पुरानै योजना समावेश गरिएको भन्दै विरोध जनाएका छन् । 


प्रतिक्रिया