कोपा अमेरिका कपका लागि अर्जेन्टिनी टोलीको घोषणा 

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ८, २०७६ | एजेन्सी

कोपा अमेरिका कप फुटबलका लागि अर्जेन्टिनाले लियोनल मेसीको कप्तानीमा २३ सदस्यीय टोलीको घोषणा गरेको छ । विश्वकपपछि सर्जियो अगुईरोले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् ।

टोलीमा ला लिगाको उपाधि बिजेता बार्सिलोनाका स्टाईकर मेसीसंगै प्रिमियर लिग बिजेता म्यानचेष्टर सिटीका स्टाईकर सर्जियो अगुईरो र ईटालियन सिरी एको उपाधि बिजेता युभेन्टसका स्टाईकर पउल डिबेला समेत अटाएका छन् । त्यस्तै लाउटारो मार्टिनेज र म्याटिस सुवारेज फरवर्डको रुपमा अर्जेन्टिनी टोलीमा छन् । 

एञ्जल डी मारियासंगै रोड्रिगो डि पउल र रोबर्टो परेरा जस्ता चर्चित मिडफिल्डरले पनि अर्जेन्टिनी टोलीमा स्थान बनाएका छन् । १४ जुन देखी ७ जुलाईसम्म ब्राजिलमा हुने कोपा अमेरिका कपमा १२ टोलीबिच प्रतिस्पर्धा हुनेछ । 

समुह बीमा रहेको अर्जेन्टिनाले जुन १५ मा कोलम्बियासंग खेल्दै प्रतियोगीताको सुरुवात गर्नेछ । 


प्रतिक्रिया