ट्रम्पलाई महाअभियोग लगाउन प्रतिपक्षी छलफल तीव्र

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ८, २०७६

- अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोग लगाउने विषयमा प्रतिपक्षी डेमोक्रेट पार्टी भित्र छलफल सुरु भएको छ । संसदमा उपस्थित हुन गरेको आग्रह पूर्व हृवाईट हाउस कर्मचारीले उल्लघंन गरेपछि डेमोक्रेट भित्र छलफल तीव्र भएको बीबीसीले उल्लेख गरेको छ ।

राष्ट्रपति ट्रम्पले बहालवाल तथा पूर्व हृवाईट हाउस कर्मचारीलाई सदनमा उपस्थित हुन गरेको आदेश खारेज गरेको फ्रति डेमोक्रेटिक सांसदमा चर्को असन्तुष्टि रहेको छ । डेमोत्रेटिकका तर्फबाट संसदकी सभामुख रहेकी नेन्सी पेलोसीले महाअभियोगबारे छलफल गर्न बैठक बोलाउनुभएको छ ।

रोबर्ट मुलरको विशेष समितिले राष्ट्रपतिय निर्वाचनका क्रममा ट्रम्पको संलग्नता नरहेको प्रतिवेदन तयार गरेकाले थप छानविन आवश्यक नरहेको हृवाईट हाउसको तर्क छ । यद्यपि, मुलरको प्रतिवेदनमा त्रुटि रहेको प्रतिपक्षिको अडान छ । राष्ट्रपति ट्रम्पको पछिल्लो क्रियाकलापका कारण समेत प्रतिपक्षीले महाअभियोग बारे सोच्न बाध्य भएको डेमोक्रेटिक पार्टीको तर्क छ । अमेरिकाको तल्लो सदनमा प्रतिपक्षी र माथिल्लो सदनमा सत्तारुढ रिपब्लिकनको बहुमत छ । 


प्रतिक्रिया