चरेससहित ७ जना पक्राउ

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ८, २०७६ | काठमाडौं

- लागूऔषध चरेस ३२ केजी र नियन्त्रित मनोद्विपक पदार्थसहित प्रहरीले काठमाडौं र झापाबाट २ महिला सहित ७ जनालाई पक्राउ गरेको छ । प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले काठमाडौं, नया“ बसपार्कबाट साबित्री श्रेष्ठलाई १ हजार ७ सय ९१ एम्पुल डाईजेपाम, नुर्फिन र फेनारगनसहित पक्राउ गरेको हो । प्रहरीले ५० बर्षीय श्रेष्ठको साथबाट १ लाख ४१ हजार रुपैया“ बरामद गरेको छ ।

ब्यूरोको काकडभिट्टा कार्यालयबाट खटिएको टोलीले झापाको मेचीनगर नगरपालिका–६ टोकला बगानबाट १७ केजी चरेससहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय २५ बर्षीय संजय दर्जी, ३० बर्षीय मनोज दर्जी र धनकुटाका ४० बर्षीय राजकुमार गुरुङ छन्  ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बलम्बुबाट १५ केजी चरेससहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको वाह्रविसेका १९ बर्षीय विश्वास थापा र दिपेश कार्की तथा ३५ बर्षीया सुनिता तिमिल्सीना छन् । 

 


प्रतिक्रिया