२८ वटा स्थानिय तह बैंकिङ पहुँचबाट टाढा

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ८, २०७६ | काठमाडौं

- चालु आर्थिक वर्ष सकिन २ महिना मात्र बाकी रहँदा हालसम्म २८ वटा स्थानिय तहमा वाणिज्य बैंकको शाखा पुग्न सकेको छैन । वैशाख मसान्तसम्म ७ सय ५३ मध्ये ७ सय २५ वटा स्थानिय तहमा वाणिज्य बैंकको शाखा पुगेको राष्ट्र बैंकले जनाएको छ । सबैभन्दा बढी कर्णाली प्रदेशका १२ स्थानिय तहमा वाणिज्य बैंकको शाखा पुग्न बाँकी छ ।

यस्तै प्रदेश एकका ३,  प्रदेश २ का दुई, प्रदेश ३ का २, गण्डकी प्रदेशका २ र सुदुरपश्चिम प्रदशेका ७ स्थानिय तहमा बैंक पुग्न नसकेको राष्ट्र बैंकले जनाएको छ । प्रदेश ५ का १ सय ९ वटै स्थानिय तहमा भने शाखा विस्तार भएका छन् । सरकारले चालु आर्थिक वर्षभित्र सबै स्थानिय तहमा बैकिङ पहुच पु¥याउने बताए पनि बैंकहरुले भने भौतिक पुर्वाधार, सञ्चार, सडक सञ्चाल लगायतका कारण देखाउँदै शाखा विस्तार गर्न कठिन भएको बताउँदै आएका छन् ।


प्रतिक्रिया