सावित्राको उत्कृष्ट प्रदर्शनमा सेथुको जित 

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ८, २०७६ | काठमाडौं

- नेपाली राष्ट्रिय खेलाडी सावित्रा भण्डारी र अनिता बस्नेत सहभागी सेथु एफसीले ईन्यिन वुमन लिगको उपाधि उचालेको छ । भारतको लुथियानास्थित गुरु नानक स्टेडियममा आज भएको फाइनलमा मणिपुर पुलिस स्पोर्टस् क्लवलाई ३–१ गोल अन्तरले पराजित गर्दै सेथुले उपाधि हात पारेको हो ।

पहिलो हाफमा १–० ले पछि परेको खेलमा सावित्राको उत्कृष्ट प्रदर्शनमा सेथुले जित हात पा¥यो । नेपालकी सावित्रा भण्डारीले २ गोल गरेको खेलमा ईन्दुमतीले १ गोल गरिन् । प्रतियोगिताको ६ खेलमा पहिलो रोजाईमा मैदान उत्रेकी भण्डारीले ३ ह्याट्रिकसहित १५ गोल गरिन् ।

एक खेलमा पहिलो रोजाईमा मैदान प्रवेश गरेकी अनिता बस्नेतको नाममा १ गोल रह्यो । लिगको नियमअनुसार एक् खेलमा १ जना विदेशी खेलाडी मात्र खेलाउन पाउने नियम अनुसार कम मौका पाएकी अनिताले मैदानमा कम उत्रने अवसर पाईन् । 


प्रतिक्रिया