इन्डोनेशियामा हिंसात्मक प्रदर्शन, ६ जनाको मृत्यु

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ८, २०७६

- इन्डोनेशियामा पुनः मतदान गर्नुपर्ने भन्दै जारी प्रदर्शन हिंसात्मक बनेपछि प्रहरीको कारबाहीमा परि ६ जनाको मृत्यु भएको छ । २ सय जना घाईते भएका छन् भने कयौं पक्राउ परेका छन् । गत महिना भएको निर्वाचनको मत परिणाम सार्वजनिक भएपछि राष्ट्रपति जोको वीडोडो दोस्रो कार्यकालका लागि चुनिएपछि प्रदर्शन थप चर्किएको हो ।

शान्तिपूर्ण आन्दोलन एकाएक हिंसात्मक बन्दै गएपछि प्रदर्शनकारीमाथि प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको थियो । प्रदर्शनकारीले कार जलाउने तथा प्रहरीमाथि पटाका फाल्ने जस्ता कार्य गरेपछि उनीहरुलाई नियन्त्रणमा लिईएको स्थानीय प्रहरीले जनाएको छ ।

निर्वाचनको मतपरिणाम अघिदेखि नै विपक्षी पार्टीले चुनावमा धा“धली भएको भन्ने आरोप लगाउँदै आएका थिए । राष्ट्रपति जोको वीडोडोले ५५ दशमलव ५ प्रतिशत मत प्राप्त गरि दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।


प्रतिक्रिया