सडक बालबालिकाका लागि दोस्रो राष्ट्रिय फुटबल महोत्सव हुने

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ९, २०७६ | काठमाडौं

  - सडक बालबालिकाका लागि दोस्रो राष्ट्रिय फुटबल महोत्सव हुने भएको छ । भोलिदेखि सुरु हुने महोत्सव ४ दिन सम्म चल्ने आयोजक सेल्टर आश्रय नेपालकी अध्यक्ष खुश्वु ओलीले जानकारी दिईन् । अखिल नेपाल फुटबल संघ एन्फासँगको सहकार्यमा हुन लागेको फुटबल महोत्सवमा नेपालका ५ सय भन्दा बढी बालवालिका सहभागी हुनेछन् ।

सो फुटबल महोत्सवमा १७ वर्ष मुनिका ५ वटा महिला र १० वटा पुरुष फुटबल टोलीले प्रतिस्पर्धा गर्नेछन् । विजयी टोलीलाई मलेसियामा हुने १७ वर्ष मुनिको मैत्रीपुर्ण फुटबलमा सहभागी गराईने ओलीले बताईन् । फुटबल महोत्सव ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा हुनेछ । 

 


प्रतिक्रिया