खोपको कमीका कारण इङल्याण्डमा हाँडे र दादुराको संक्रमण बढ्दो

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ १०, २०७६ | काठमाडौं

- खोपको कमीका कारण  इङल्याण्डमा हाँडे रोगको संक्रमण बढ्दै गएको पब्लिक हेल्थ इङल्याण्डले जनाएको छ । सन् २०१९ को पहिलो त्रैमासिकमा ७ सय ९५ वटा हाँडेको समस्या देखिएको जनाइएको छ । जब कि सन् २०१८ को वार्षिक तथ्याङ्कमा सो समस्या भएका कुल एक हजार ३१ जना विरामी थिए ।

 हाँडे मम्स भारइरसका कारण हुने भाइरल रोग हो । जसमा कानको मुनि च्यापुका दुवैपट्टी फुकुण्डो निस्केर सुन्निने गर्छ । विशेषगरी यो रोगको संक्रमण हुँदा ज्वरो, मांसपेसी दुख्ने, टाउको दुख्ने तथा थकाइ लाग्ने र बिस्तारै एकातिर वा दुबैतिरको पराटिड ग्रन्थी सुन्निन थाल्छ र पीडा पनि बढ्दै जान्छ ।  हाँडेका लक्षणहरू बालबालिकामा भन्दा वयस्कहरूमा जटिल हुने गर्दछन्  । हाँडे रोग बढ्दै गएमा दिमागको बाहिरी भागको संक्रमण, प्यान्क्रियाटाइटिस, बहिरोपना लगायतको जोखिम बढाउँछ ।

हाँडे अति छिटो सर्ने क्षमता भएको रोग हो जुन एउटै कोठामा बस्ने मानिसमा सजिलै सर्ने गर्दछ ।  यसैबीच पब्लिक हेल्थ इङल्याण्डले लण्डनको उत्तर पश्चिम र पूर्वी क्षेक्रमा दादुराको संत्रमण समेत बढ्दै गएको जनाएको छ । सन् २०१९ को पहिलो त्रैमासिकमा  २ सय ३१ जनामा दादुराको संत्रमण पुष्टि भएको जनाइएको छ ।  लण्डनमा खोप लगाउनेको दर न्यून भएसँगै दादुराको संक्रमण समेत बढ्दै गएकोप्रति विश्व स्वास्थ्य संगठनले पटकपटक सचेत गराउँदै छ । 


प्रतिक्रिया