बेलायती प्रधानमन्त्री मेले आगामी जुन ७ मा राजिनामा दिने

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ १०, २०७६ | काठमाडौं

- बेलायतकी प्रधानमन्त्री टेरेसा मेले आगामी जुन ७ मा राजिनामा दिने घोषणा गर्नुभएको छ । राजिनामाको मिति घोषणा गर्दै प्रधानमन्त्री मेले नयाँ नेतृत्व चयन नभएसम्म सत्ता सम्हाल्ने बताउनुभयो ।

डाउनिङ्ग स्ट्रीटमा भावुक सम्बोधन गर्दै प्रधानमन्त्री मेले ब्रक्जिटलाई सहज निकास दिन आफूले हरसम्भव प्रयास गर्ने भन्दै त्यसले साथर्कता पाउन नसकेकोमा भने दुख लागेको बताउनुभयो । प्रधानमन्त्री हुनु आफ्नो जीवनकै सबैभन्दा सम्मानित अवसर भएको उहाँको भनाई थियो ।

ब्रेक्जिट योजना विफल भएपछि आफ्नै पार्टीबाट प्रधानमन्त्री मे माथि राजिनामा दिन चर्को दबाब थियो । बेलायत सरकारले प्रस्तुत गरेको बेक्जिटसम्बन्धी सम्झौता तिन पटक सम्म संसदबाट अस्विकृत भएको छ । 

 


प्रतिक्रिया