७ करोड भन्दा बढी नक्कली भारतीय नोटसहित ६ जना पक्राउ

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ १०, २०७६ | काठमाडौं

- त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट करिब ८ करोड नक्कली भारतीय नोटसहित प्रहरीले युनिस अन्सारी समेत गरी ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाकिस्तानी नागरिक नासिर उद्दिन, महम्मद अख्तर र नादिया अनवर छन् । 

कतार एयरको उडानबाट दोहा हुँदै काठमाडौं आएका पाकिस्तानी नागरिकलाई लिन एयरपोर्ट पुगेका युनिससहित उनका साल सुयल खान र सहयोगी सुदन रानाभाटलाई पनि पक्राउ गरिएको प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले जानकारी दिनुभयो ।

उनीहरुको साथबाट २ हजार दरका ७ करोड ६७ लाख ९४ हजार भारतीय नोट बरामद भएको उहाँले बताउनुभयो । नक्कली नोट प्रकरणमा युनिस पटक÷पटक पक्राउ परी रिहा भएका व्यक्ति हुन् । उनी २०६५ र २०७० सालमा पक्राउ परेका थिए ।

केन्द्रीय कारागार सुन्धानरामा उनीमाथि २०६७ सालमा गोली प्रहार समेत भएको थियो ।  युनिस पूर्वमन्त्री सलिम मिया अन्सारीका छोरा हुन्  । 

 


प्रतिक्रिया