गल्फर शुक्रबहादुर र टेवल टेनिसकी पुर्व खेलाडी गीता सम्मानित

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ १०, २०७६ | काठमाडौं

- एमेच्योर गल्फर शुक्रबहादुर राई र टेवल टेनिसकी पुर्व खेलाडी गीता थापामगरलाई नगर खेलकुद विकास समिति धरानले नगदसहित सम्मान गरेको छ । समितिले राईलाई बर्ष खेलाडीको रुपमा १ लाख र पुर्व खेलाडी थापालाई अनसिन हिरो अफ द धरानको रुपमा ५० हजार रुपैयाँले सम्मान गरेको हो ।

राईले काठमाण्डौमा सम्पन्न सूर्य नेपाल प्रीमियर गल्फ च्याम्पियनसीपको उपाधी हात पारेका थिए । टेबल टेनिसकी पुर्व खेलाडी थापा धरानमा टेवल टेनिस प्रशिक्षण दिदै आएकी छिन् । थापालार्ई आगामी साउनदेखि नगरको टेवल टेनिस प्रशिक्षकमा नियुक्त गर्ने धरान उपमहानगरपालिकाले बताएको छ । 


प्रतिक्रिया