कान्तिपुर हिसान एडुफेयरमा लाइभ म्युजिक 

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ११, २०७६ | काठमाडौं

काठमाण्डौंको भृकुटीमण्डपमा जारी छैटौं कान्तिपुर हिसान एडुफेयर–२०१९ मेलामा आज लाइझ म्युजिक कार्यक्रम आयोजना गरिंदैछ । कार्यक्रममा नेपाल आइडलका अस्मिता अधिकारी लगायत कलाकारको विशेष उपस्थिति रहने आयोजकले जनाएका छन् ।

विद्यार्थीलाई शैक्षिक जानकारीसंगै एकै ठाउँमा मनोरञ्जन समेत प्रदान गर्ने उद्देश्यले म्युजिक कार्यक्रम राखिएको हो । मेलामा हिजो दोस्रो दिन परामर्श लिने विद्यार्थीको भीड लागेको थियो । ६५ हजारले अवलोकन गरेको आयोजकले जनाएको छ ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) र कान्तिपुर पब्लिकेसन्सले शैक्षिक मेलाको आयोजना गरेका हुन् । उत्कृष्ट शिक्षा नेपालमै नारासहित सुरु मेलामा एसईई परीक्षा दिएर बसेका विद्यार्थीको चाप बढी छ । 


प्रतिक्रिया