२९ जना कैदीबन्दीको मृत्यु

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ११, २०७६

- भेनेजुएलाको पोर्तुगुएसा राज्यको आकारीगुवास्थित एक जेलभित्र कैदीबन्दीहरुबीच भड्किएको हिंसामा परि २९ जना कैदीबन्दीको मृत्यु भएको छ । २० जना प्रहरी घाईते छन् । कैदीहरुबीचको झडपलाई रोक्ने प्रयास गर्ने प्रहरीहरुमाथि नै कैदीबन्दीहरुले आक्रमण गरेपछि हिंसा थप चर्किएको बीबीसीले उल्लेख गरेको छ ।

आकारीगुवास्थित सो जेलमा २ सय ५० कैदीबन्दी अटाउने क्षमताको भएपनि हाल त्यहाँ ५ सय ४० राखिएको स्थानीय अधिकारवादी समुहहरुको भनाई छ । 


प्रतिक्रिया