ट्युसन सेन्टरको कक्षाकोठामा आगलागि हुँदा २० जना विद्यार्थीको मृत्यु

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ११, २०७६

- भारतको गुजरातस्थित सुरत शहरस्थित एक ट्युसन सेन्टरको कक्षाकोठामा आगलागि हुँदा २० जना विद्यार्थीको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांश किशोरकिशोरी छन् । २० जना घाईते विद्यार्थीको गुजरातको अस्पतालमा उपचार भईरहेको छ ।

भवनको भर्‍याङनजिकैबाट आगलागि फैलिएका कारण भाग्न नपाएका अधिकांश विद्यार्थीले झ्याल ढोकाबाट हाम फालेर ज्यान जोगाएका थिए । आगलागिको कारण खुलेको छैन । भारतीय प्रधानमन्क्री नरेन्द्र मोदीले माईत्रो ब्लगिङ साईट ट्वीटरमार्फत दुर्घटनामा मृत्य भएकाहरुमा समवेदना प्रकट तथा उपचारत विद्यार्थीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

घटनाको कारण पत्ता लगाई ३ दिनभित्र प्रतिवेदन सार्वजनिक गर्न आग्रह गरिएको गुजरातका मुख्यमन्त्रीका प्रवक्तालाई उद्यृत गर्दै बीबीसीले जनाएको छ । 


प्रतिक्रिया