साउदी अरबलाई अरबौँ डलरको हतियार बेच्ने निर्णय अनुमोदन

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ११, २०७६

- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरबलाई अरबौँ डलरको हतियार बेच्ने निर्णयलाई अनुमोदन गर्नुभएको छ । संसदलाई बाईपास गर्दै राष्ट्रपति ट्रम्पले ८ अर्ब डलरको हतियार बेच्ने निर्णय गर्नुभएको हो ।

इरानसँगको तनावका कारण राष्ट्रिय संकट चुलिएको राष्ट्रपतिको दाबी छ । साउदी अरबले अमेरिकासँग खरिद गरेको हतियार यमनी नागरिक विरुद्ध प्रयोग गर्न सक्ने भन्दै विरोध भैरहेको छ । विपक्षीको बहुमत रहेको संसदमा प्रस्ताव प्रस्तुत गर्दा पारित हुने सम्भावना नरहेका कारण ट्रम्पले सिधै अनुमोदन गर्नुभएको हो ।

विपक्षि डेमाक्रेटिक पार्टीले केही सर्त उल्लेख रहेका बम लगायतका सामाग्री बिक्रीमा लापरबार्ही भएको हुन सक्ने प्रति चिन्ता ब्यक्त गरेको छ । ति हतियार जोर्डन र युएईलाई समेत बिक्री गर्ने अमेरिका सरकारको तयारी छ । 


प्रतिक्रिया